साउदी अरब : जनमत पार्टीको प्रवासी संगठन, गैरआवासीय मधेशी संघ (एनआरएमए) साउदी अरबको पाँचौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशन जुन ७ तारिकमा साउदी अरबको पूर्वी शहर अल-खोबरमा एनआरएमए साउदीका इञ्चार्ज कासिन्द्र पासमानको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय समिति सल्लाहकार दिनेश साहु प्रमुख अतिथिको रूपमा उपस्थित थिए । कार्यक्रममा भर्चुअल माध्यमबाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, एनआरएमए साउदीका पूर्व पदाधिकारीहरू तथा वरिष्ठ नेताहरूको उल्लेखनीय उपस्थिति थियो । विशेष अतिथिका रूपमा अन्तर्राष्ट्रिय समितिका अध्यक्ष डा. श्यामबाबु महतो, वरिष्ठ उपाध्यक्ष धिरज साह, महासचिव इन्जिनियर रामदेव राय र विजय यादव सहभागी थिए ।
महाधिवेशनले ३५ सदस्यीय नयाँ केन्द्रीय समिति सर्वसम्मतिले चयन गरेको छ । कासिन्द्र पासमान अध्यक्षमा निर्वाचित भएका छन् । सरुप मधेशी सहअध्यक्ष, बिरछ दास महासचिव, गौतम महतो कोषाध्यक्ष, पप्पु कुमार यादव सह–कोषाध्यक्ष तथा मोहित कुमार मण्डल प्रवक्ताका रूपमा चयन भएका छन् । अनुशासन विभाग प्रमुखको जिम्मेवारी दिनेश साहुलाई दिइएको छ ।
वरिष्ठ उपाध्यक्षहरूमा मनि दास, अशोक महतो, सोनेलाल मण्डल र जयकुमार यादव चयन भएका छन् भने उपाध्यक्षहरूमा इन्जिनियर सन्तोष कुमार मण्डल, बुधन साह, जयकुमार यादव र शंकर यादव रहेका छन् । सचिवमा इन्जिनियर मोतिराम यादव र लोक रञ्जन महतो चयन भएका छन् । सहसचिवमा लालबाबु महतो, सोमनाथ चौधरी र कमल माझी रहेका छन् । सन्तोष यादव मिडिया संयोजक र शंकर पासमान सह–मिडिया संयोजक बनेका छन् ।
सदस्यहरूमा स्माइल राइन, रविन्द्र यादव, श्याम बाबु चौधरी, अहमद साफी, परमेश्वर कापर, मोहित साफी, रामनारायण मण्डल, हरिनन्दन महतो, शिवनाथ यादव र फेकु कापर रहेका छन् ।
"परदेशमा मधेशीको साथी" भन्ने नाराका साथ सक्रिय गैरआवासीय मधेशी संघ हाल ४४ भन्दा बढी मुलुकहरूमा फैलिएको छ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको भ्रातृ संगठनका रूपमा चिनिने यस संघले प्रवासमा रहेका मधेशीहरूलाई संगठित गर्दै सामाजिक, सांस्कृतिक र राजनीतिक चेतनाको प्रवर्द्धन गर्दै आएको छ ।
साउदी अरबको महाधिवेशनले त्यहाँ कार्यरत मधेशी समुदायलाई अझ संगठित बनाउने, आपसी एकता बलियो पार्ने र मधेशप्रतिको निष्ठा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।