२०८२ जेठ २५ गते आइतवार / Jun 08 , 2025 , Sunday
२०८२ जेठ २५ गते आइतवार
Ads

अमेरिकाबाट कम्तिमा ४० नेपाली डिपोर्ट, ४ बजे काठमाडौँ आइपुग्दै

मध्यान्ह
२०८२ जेठ २५ गते ११:२०
अमेरिकाबाट कम्तिमा ४० नेपाली डिपोर्ट,  ४ बजे काठमाडौँ आइपुग्दै

काठमाडौँ : अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरू आज काठमाडौं आउँदैछन् । उनीहरूलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदिएको हो ।

अवैध रूपमा अमेरिका पुगेका थप नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको हो । चार्टर्ड विमानमार्फत नेपाल फिर्ता पठाइएका उनीहरू आज दिउँसो ४ बजे नेपाल आईपुग्ने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । 

अमेरिकाले डिपोर्ट गरेका नेपालीहरुको संख्या कम्तिमा ४० देखि माथि हुन हुन सक्ने अनुमान छ । सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी गरिए पनि पछि केही नेपालीहरू रोकिएकाले संख्या थोरै कम हुनसक्ने अनुमान गरिएको हो ।

अमेरिकाले चार्टर्ड गरेको विमान डिपोर्ट गरिएका विभिन्न देशका नागरिकहरूलाई छाड्दै–छाड्दै आज अपराह्न  ४ बजे काठमाडौँ आइपुग्ने र फर्किनेछ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरू माथि कडाइ गर्दै आएको छ । यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो । ट्रम्पले शासन सम्हालेपछि मात्रै अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १ सय पुगेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर