२०८२ जेठ २५ गते आइतवार / Jun 08 , 2025 , Sunday
२०८२ जेठ २५ गते आइतवार
Ads

आईसीसी क्रिकेट विश्वकप: नेपालले आज स्कटल्याण्डसँग खेल्दै

मध्यान्ह
२०८२ जेठ २५ गते ०८:५६
आईसीसी क्रिकेट विश्वकप: नेपालले आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौँ : आईसीसी विश्वकप लिग-२ अन्तर्गत आइतवार नेपालले स्कटल्याण्डसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे स्कटल्याण्डको डुण्डेमा शुरु हुनेछ।

यसअघिका शृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि एक विकेटको रोमाञ्चक जितका निकालेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्स पनि पराजित भएको थियो ।

प्रतियोगितामा नेपाल १० अंक सहित सातौँ स्थानमा छ । शृङ्खलामा अमेरिका २० खेलमा २८ अंकसहित शीर्ष स्थानमा छ ।यस्तै, नेदरल्याण्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो तथा ओमान २० खेलमा २४ अंकसहित तेस्रो स्थानमा छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर