२०८२ जेठ २५ गते आइतवार / Jun 08 , 2025 , Sunday
२०८२ जेठ २५ गते आइतवार
Ads

कुवेतमा श्रम निगरानी कडा

मध्यान्ह
२०८२ जेठ २५ गते ०७:५१
कुवेतमा श्रम निगरानी कडा

काठमाडौँ : कुवेतले सबै क्षेत्रबाट विदेशी कामदारको भिसा शुल्क लिँदै श्रम निगरानी कडा बनाएको छ । कुवेतले गत वर्ष आप्रवासी कामदारलाई दिएको सुविधा कटौती गरेर १५० केडी ( कुवेती दिनार ) शुल्क लागू गर्दै भिसा स्थानान्तरणमा लामो समयदेखि रहेको शुल्क छुट खारेज गरेको हो ।

कुवेतका प्रथम उपप्रधानमन्त्री तथा आन्तरिकमन्त्री शेख फहद अल युसेफले बिहीबार घोषणा गरेको मन्त्रिस्तरीय प्रस्ताव अन्तर्गत सरकारले गत वर्ष जारी गरेको नियमहरूको धारा २ खारेज गरेको छ । विगतमा केही क्षेत्रहरूलाई विदेशी कामदर आवश्यकताहरूको आधारमा अतिरिक्त अनुमति शुल्क नलाग्ने व्यवस्था गरेको थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीएफले भिसा शुल्क लिन गरिएका परिवर्तनहरूले कुवेतको वर्क पर्मिट दृष्टिकोणमा नै महत्त्वपूर्ण परिवर्तन भएको जनाएको छ ।

परिवर्तन गरिएको नयाँ व्यवस्था स्वास्थ्य मन्त्रालयद्वारा इजाजतपत्र प्राप्त अस्पताल, क्लिनिक र स्वास्थ्य केन्द्रहरू, निजी विश्वविद्यालय र विद्यालयहरू, लगानी प्रवद्र्धन प्राधिकरणद्वारा मान्यता प्राप्त विदेशी लगानीकर्ताहरू, खेलकुद क्लब र महासंघहरू, सार्वजनिक लाभ संघहरू, श्रमिक संघहरू, परोपकारी संस्थाहरू र दानहरूसहित विभिन्न क्षेत्र तथा संस्थाहरूमा लागू हुनेछ ।

त्यस्तै कृषि सञ्चालन, औद्योगिक सुविधाहरू, व्यावसायिक र लगानी सम्पत्तिहरू र साना–स्तरीय उद्योगहरूलाई पनि नयाँ नियम लाग्ने बताइएको छ । भिषा शुल्क छुट दिने एक वर्ष अघिको व्यवस्था खारेज भएपछि विदेशी श्रमिकको आपूर्ति लागत बढ्ने जनाइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर