२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

नेदरल्यान्ड्सविरुद्ध नेपालको शानदार जित 

मध्यान्ह
२०८२ जेठ २२ गते ०७:५७
नेदरल्यान्ड्सविरुद्ध नेपालको शानदार जित 

काठमाडौँ : नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो जित हात पारेको छ ।

बुधबार राति सकिएको शृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै शानदार जित निकालेको हो  । यसअघि शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो। 

लिग–२ को त्रिकोणात्मक शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई दोस्रो पटक हराएको हो । सन् २०२४ को फेब्रुअरीमा घरेलु मैदानमा भएको त्रिकोणात्मक शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई १ खेलमा पराजित गर्दा १ खेलमा हार भोगेको थियो ।

बुधबार स्कटल्यान्डमा भएको खेलमा नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य नेपालले १७ बलअगावै ४ विकेटको क्षतिमा भेट्टायो । 

पाँचौँ विकेटका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले ८९ रनको साझेदारी गरेपछि नेपाललाई जितका लागि सहज भएको थियो ।

९९ बलमा ७ चौका र २ छक्का हानेका आरिफ ७८ रन बनाउँदा क्याच आउट भए । कप्तान रोहित पौडेल २३ रन बनाउँदा रन आउट भए भने कुशल भुर्तेल २५ र आशिफ शेख १९ रनमा बोल्ड आउट हुनपुगे। 

ऐरी ३८ र जित सुनिश्चित गर्दै अन्तिम छक्का हानेका गुल्सन झा ११ रनमा अविजित रहे। त्यसअघि स्कटल्यान्डको डुन्डीमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ५ बलअगावै २ सय २५ रनमा अलआउट भएको थियो ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए। करण केसी, सन्दीप लामिछाने, ललित राजवंशीले समान २ विकेट लिए । त्रिकोणात्मक शृंखलाअन्तर्गत आगामी आइतबार नेपालले स्कटल्यान्डविरुद्ध पुनः खेल्नेछ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर