२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

सिद्धार्थ बैंकका ग्राहकहरुलाई गोल्डेन हस्पिटलमा छुट

मध्यान्ह
२०८२ जेठ २१ गते २०:३४
सिद्धार्थ बैंकका ग्राहकहरुलाई गोल्डेन हस्पिटलमा छुट

काठमाडौं : सिद्धार्थ बैंक र गोल्डेन हस्पिटलबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । विराटनगरमा सम्पन्न समारोहमा गोल्डेन हस्पिटल प्राइभेट, विराटनगरका प्रमुख कार्यकारी अधिकृत मो. जियाउल हक र सिद्धार्थ बैंकका विराटनगर शाखा प्रबन्धक सूर्यप्रसाद शर्मा बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकहरूले विराटनगर स्थित गोल्डेन हस्पिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने बैंकले विश्वास लिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर