काठमाडौं : भारतीय टायल उत्पादक कम्पनी कजारियाले ललितपुरको भैंसेपाटीमा शोरूम उद्घाटन गरेको छ । उच्च गुणस्तरका प्रिमियम टायलहरूको सहज पहुँच सुनिश्चित गर्दै सो क्षेत्रका ग्राहकलाई क्लासिक मार्बल उपलब्ध गराउने उद्देश्यले कम्पनीले शोरूम उद्घाटन गरेको हो ।
ललितपुर महानगरपालिका–१८ का वडा अध्यक्ष दामोदर खड्का र कजारिया रमेश टाइल्सका राष्ट्रिय सेल्स प्रबन्धक अभ्यास भुषण तिवारीको विशेष उपस्थितिले शोरूम उद्घाटन गरिएको थियो । वडा अध्यक्ष खड्काले भैंसेपाटी जस्तो तीव्र गतिमा विस्तार भैरहेको क्षेत्रमा कजारियाको प्रवेशले स्थानिय व्यापार, रोजगारी र निर्माण व्यवसायमा सकारात्मक प्रभाव पार्ने बताए ।
कजारियाले नेपालमा ४० भन्दा बढी एक्सक्लुसिभ शोरूम र एक सय भन्दा बढी डिलर नेटवर्कमार्फत् सेवा दिइरहेको कम्पनीले जनाएको छ । कम्पनीको उत्पादन नेपालमै रहेको अत्याधुनिक प्लान्टमा तयार हुन्छ, जसले निर्माण गुणस्तर, डिजाइन र टिकाउपनमा नयाँ मापदण्ड स्थापनाको बाटो खोल्ने उद्देश्य राखेको छ । भैंसेपाटीमा स्थापना भएको यो नयाँ शोरूम कम्पनीको दीर्घकालीन विस्तार रणनीतिमा महत्वपूर्ण मोडको रूपमा हेरिएको छ ।