२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन : लाखौं ठगी गर्ने २ जना पक्राउ

मध्यान्ह
२०८२ जेठ २१ गते १७:०८
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन : लाखौं ठगी गर्ने २ जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२८ बस्ने ४६ वर्षीय प्रविन कुमार शाह र काठमाडौं महानगरपालिका–११ बस्ने रोल्पा त्रिवेणी गाउँपालिका–४ घर भएकी ३२ वर्षीया प्रतिज्ञा बुढामगर रहेकी छन् ।

पक्राउ मध्ये प्रविनले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख १८ हजार रूपैयाँ र प्रतिज्ञाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रविनलाई काठमाडौं महानगरपालिका–२३ बसन्तपुरबाट र प्रतिज्ञालाई काठमाडौं महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ADV

सम्बन्धित खबर