२०८२ जेठ १८ गते आइतवार / Jun 01 , 2025 , Sunday
२०८२ जेठ १८ गते आइतवार
Ads

उदयपुरमा गाँजासहित २ महिला पक्राउ

बिन्द्र राई
२०८२ जेठ १६ गते २०:५५
उदयपुरमा गाँजासहित २ महिला पक्राउ

उदयपुर : उदयपुरमा गाँजासहित २ जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको  संयुक्त प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका  १ रानीटार स्थित रत्न माया श्रेष्ठको घरबाट  ३५ वटा बोरामा लुकाई छिपाई राखिएको  १ हजार १ सय ४३ केजी २७५ ग्राम गाँजासहित  दुई महिलालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने अन्दाजी  ४१ वर्षीया घरधनी रत्न माया श्रेष्ठ र  कमला श्रेष्ठ रहेकी छन् । पक्राउ परेका उनीहरुलाई  जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर