२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

दाङमा ब्राउनसुगरसहित एक महिला पक्राउ

सपना बोहरा
२०८२ वैशाख २४ गते १३:०६
दाङमा ब्राउनसुगरसहित एक महिला पक्राउ

दाङ : दाङमा ब्राउनसुगरसहित एक महिला पक्राउ परेकी छन् । दाङको राप्ती गाउँपालिका–१, भालुबाङ पुलचोक नजिकैबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक महिलालाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार, वैशाख २३ गते साँझ घोराहीबाट प्यूठानतर्फ जाँदै गरेको भे १ ख ४३३२ नम्बरको इलेक्ट्रिक गाडीमा लागुऔषध ओसारपसार भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको टोलीले गाडी जाँच गरेको थियो । 

चेकजाँचका क्रममा गाडीमा सवार ऐरावती गाउँपालिका–२, बह्राखुट्टीकी २० वर्षीया सरिता सार्कीको साथबाट भित्री कपडामा लुकाएको अवस्थामा २ ग्राम ५८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहीले जानकारी दिए । 

प्रहरीले सार्कीविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिसकेको छ ।

ADV

सम्बन्धित खबर