२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

जुवातास खेलिरहेको अवस्थामा ३ जना पक्राउ

मध्यान्ह
२०८२ जेठ २२ गते १७:२०
जुवातास खेलिरहेको अवस्थामा ३ जना पक्राउ

दाङः जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् । 

घोराही उपमहानगरपालिका–१५ भिङ्ग्रेली होटलको ८०२ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–५ बस्ने ३४ वर्षीय खुम बहादुर कार्की, २९ वर्षीय आकाश लम्साल र सोही उपमहानगरपालिका–१४ बस्ने ४६ वर्षीय बालाराम खड्कालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार ४ सय ७० रुपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADV

सम्बन्धित खबर