२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

निर्माता संघमा भिपिसी शुल्क घटाउने सहमति

मध्यान्ह
२०८२ जेठ २३ गते १९:४३
निर्माता संघमा भिपिसी शुल्क घटाउने सहमति

काठमाडौं : नेपाल चलचित्र निर्माता संघले डिजिटल सिनेमा नेपालसँगको केही साता लामो संवाद र छलफलपछि अन्ततः भिपिसी शुल्क घटाउने सहमति गरेको छ । साउन १ गतेबाट निर्माताहरूले साविकमा तिर्दै आएको शुल्कमा करिब २५ प्रतिशत कम शुल्क तिर्नुपर्ने भएको छ भने अन्तर्राष्ट्रिय प्रदर्शनको प्याकेज शुल्कमा ३० हजार रुपैयाँ कम तिर्नुपर्ने भएको छ । 

यस्तै नवल खड्काको अध्यक्षतामा निर्माता संघले ५०/५० प्रतिशत शेयर बाँडफाँट, साढे ३ मिनेटसम्मको फ्रि ट्रेलरलगायतको सहमति गरिसकेको छ भने निर्माताहरूले यसको लाभ लिइरहेका छन् । 

साथै चलचित्र विधेयकलाई चलचित्र उद्योगमैत्री बनाउँदै स्वशासित बोर्डको रूपमा स्वायत्तता प्रदान गर्नका लागि प्रयास जारी रहेको र चलचित्र सम्बद्ध संघसंस्थाहरूसँग सहकार्यसहित अगाडि बढिरहेको संघले जनाएको छ । चलचित्र निर्माताका पक्षमा संघले निरन्तर कार्य गरिरहेको अध्यक्ष खड्काले जानकारी दिए ।

ADV

सम्बन्धित खबर