२०८२ जेठ २२ गते बिहिवार / Jun 05 , 2025 , Thursday
२०८२ जेठ २२ गते बिहिवार
Ads

‘प्यांक कस्टम वैकुण्ठ मानन्धर २:१५:०३ लिमिटेड एडिसन’ सार्वजनिक

मध्यान्ह
२०८२ जेठ २० गते २१:०१
‘प्यांक कस्टम वैकुण्ठ मानन्धर २:१५:०३ लिमिटेड एडिसन’ सार्वजनिक

काठमाडौं : नेपालकै सबैभन्दा पूरानो साइकल पसल प्यांक बाइकले आफ्नो स्थापनाको एक सयौँ वर्षका अवसरमा नयाँ संस्करणको साइकल सार्वजनिक गरेको छ । किर्तीमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरसँग सहकार्य गर्दै प्यांक बाइकले नयाँ एडिसन सार्वजनिक गरेको हो । 

मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्यांक बाइकले धावक मानन्धरलाई सम्मानका साथै एडिसनका लागि सद्भावना दूत समेत नियुक्त गरेको छ । यस्तै कार्यक्रममा बाइकका संचालक तिरेक मानन्धर र धावक मानन्धरबीच समझदारी पत्र(एमओयू)मा समेत हस्ताक्षर भएको थियो । 

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता रहेको थियो । उपप्रमुख डंगोल र सञ्चालक तिरेक मानन्धरले ओलम्पियन मानन्धरलाई सम्मान गरेका थिए । धावक मानन्धरलाई एक थान प्यांक एडिसन बाइक समेत हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख डंगोलले नेपालकै पुरानो साइकल पसल प्यांक बाइकको पुस्तान्तरण एक उदाहरणीय रहेको भन्दै आगामी दिनमा थप इतिहास बनाउन शुभकामना दिइन् । विशेष अतिथि धावक मानन्धरले एक सय वर्षको गौरवशाली इतिहास बोकेको पञ्च नारायण, अष्ट नारायण साइकल पसलको यो हीरक जयन्ती, केवल व्यवसायिक उपलब्धिको उत्सव मात्र नभइ समाजप्रतिको समर्पण रहेको बताए ।

उनले नयाँ एडिसनको साइकल ब्रिकी बापत केही रकम आएमा बैकुण्ठ मानन्धर खेलकुद नेपालमार्फत नयाँ पुस्ताका दोस्रो बैकुण्ठ मानन्धर जन्माउने प्रतिबद्धता समेत जनाए । 

पसलका संचालक मानन्धरले धावक मानन्धरको खेलकुदप्रति अथक समर्पण र प्रेरणादायी उपस्थितिको कदर गर्दै नयाँ संस्करणको साइकल सार्वजनिक गरिएको बताए । यस्तै सय थान साइकल बिक्रीबाट प्राप्त रोयल्टी मानन्धरलाई हस्तान्तरण गरिने उनको भनाइ छ ।

प्यांक बाइकले साइकलको बिक्री, भाडा, सर्भिसिङ लगायतका सेवा प्रदान गर्दै आएको छ । प्यांक बाइकले नेपालको भौगोलिक स्वरुपलाई लक्षित गर्दै सात तहका साइकलबाट सेवा दिँदै आएको छ । बाइकले साइकलको पहुँच, सुरक्षा र साइकल शिक्षालाई प्रवर्द्धन गर्दै आएको जनाएको छ । 

ADV

सम्बन्धित खबर