२०८२ जेठ २२ गते बिहिवार / Jun 05 , 2025 , Thursday
२०८२ जेठ २२ गते बिहिवार
Ads

ग्लोबल आईएमई बैंकद्वारा टोखा र रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण

मध्यान्ह
२०८२ जेठ १९ गते २१:०६
ग्लोबल आईएमई बैंकद्वारा टोखा र रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण

काठमाडौं : ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण गरेको छ । बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरूमा एक हजार वटा फलफूलको विरुवा रोपण गरेको हो ।

वृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रधानाध्यापक, विद्यालयका प्रतिनिधि, विद्यार्थी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो । त्यस्तै बैंकले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा १५ सय बाँसका विरुवा रोपण गरेको जनाएको छ ।

बैंकले सञ्चालन गरेको वृक्षारोपण कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख, नेपाली सेना र नेपाली प्रहरीका जिल्ला प्रमुख, स्थानीयसहितको उपस्थिति रहेको थियो । बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा यस वर्ष मुलुकभरी १८ हजार विरुवा रोपण गर्ने लक्ष्यका साथ विभिन्न स्थानमा वृक्षारोपण गरिरहेको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर सातवटै प्रदेशका विभिन्न स्थानमा वृक्षारोपण गरिने बैंकले जनाएको छ । यो कार्यक्रमले जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरूको आयआर्जनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

ADV

सम्बन्धित खबर