२०८२ जेठ २० गते मङ्गलवार / Jun 03 , 2025 , Tuesday
२०८२ जेठ २० गते मङ्गलवार
Ads

एनआईसी एशिया लघुवित्तको बजेट तर्जुमा तालिम सम्पन्न

मध्यान्ह
२०८२ जेठ १८ गते २१:०५
एनआईसी एशिया लघुवित्तको बजेट तर्जुमा तालिम सम्पन्न

काठमाडौं : एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष 2०८२/८३ को बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम कार्यक्रम सम्पन्न गरेको छ । कोशी, मधेश, बागमती र गण्डकी गरी चार प्रदेशका शाखा समेटिएको उक्त कार्यक्रम जेठ १३ गतेदेखि १६ गतेसम्म बर्दिबासस्थित होटल विनायक र होटल पावन मिथिलामा सम्पन्न भएको हो ।

कार्यक्रममा कर्पोरेट कार्यालय, प्रदेश कार्यालय तथा शाखा कार्यालय प्रतिनिधित्व गर्ने गरी कुल १६९ जना कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका स्वतन्त्र सञ्चालक बलराम पौडेल, प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायब प्रमुख कार्यकारी अधिकृत मेश बहादुर बस्नेत र सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरेलगायतले सम्बोधन गरेका थिए । उनीहरूले चालु आर्थिक वर्षको उपलब्धिहरूको समीक्षा गर्दै आगामी आर्थिक वर्षको लक्ष्य, बजेट तथा योजनाबारे धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कर्मचारीको वृत्ति विकास, शाखा सञ्चालनको रणनीति, राष्ट्र बैंकबाट जारी निर्देशनको कार्यान्वयन, आगामी लक्ष्य र बजेट निर्माणमा छलफल गरिएको संस्थाले जनाएको छ । साथै, कार्यक्रममा सूर्य ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्पोरेट सेल्स विभागका सरु घिमिरे र बिकेश बज्राचार्यले बीमा दाबी सम्बन्धी जानकारी प्रस्तुत गरेका थिए ।

ADV

सम्बन्धित खबर