२०८२ जेठ १७ गते शनिवार / May 31 , 2025 , Saturday
२०८२ जेठ १७ गते शनिवार
Ads

सभामुख घिमिरेले बोलाए सचेतकहरूको बैठक

मध्यान्ह
२०८२ जेठ १६ गते १०:२१
सभामुख घिमिरेले बोलाए सचेतकहरूको बैठक

काठमाडौँ : सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध पार्ने भएपछि सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकअघि प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन् ।

सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डर लगायत विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

सभामुखको सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजे प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाइएको छ । त्यसपछि मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।

ADV

सम्बन्धित खबर