२०८२ जेठ १४ गते बुधवार / May 28 , 2025 , Wednesday
२०८२ जेठ १४ गते बुधवार
Ads

‘नवरत्न बीट मसाज २०२५’ अभियान सुरु

मध्यान्ह
२०८२ जेठ १३ गते २१:३७
‘नवरत्न बीट मसाज २०२५’ अभियान सुरु

काठमाडौं : पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी इमामी लिमिटेडले आफ्नो चर्चित उत्पादन नवरत्न तेल प्रवर्द्धन गर्न नेपालमा ‘नवरत्न बीट मसाज २०२५’ अभियान सुरु गरेको छ । कम्पनीले ७० दिन चल्नेगरी यो अभियान जेठ ११ बाट साउन १७ सम्म तराई क्षेत्रका २४ जिल्लामा सुरु गरेको हो । 

अभियानमार्फत् उपभोक्तालाई २ मिनेटमै शीतलता, टाउको र शरीर दुखाइमा राहत दिने प्रत्यक्ष अनुभव प्रदान गरिने कम्पनीले जनाएको छ । अभियानअन्तर्गत ३०० भन्दा बढी ब्रान्डेड सैलुन र ६० मोबाइल स्टलमार्फत् निःशुल्क हेड मसाज सेवा दिइनेछ । यसरी, हजारौँ उपभोक्ताले नवरत्न तेलमा रहेका नौ आयुर्वेदिक जडिबुटीको प्रभाव प्रत्यक्ष महसुस गर्न पाउनेछन् ।

इमामीका अनुसार, दुई टोलीले दैनिक एक सय किलोमिटरभन्दा बढी यात्रा गर्दै अन्तरक्रियात्मक स्टल, ब्रान्डिङ सवारी, सार्वजनिक सूचना, ‘२–मिनेट च्यालेन्ज’ र ‘कूल–कूल पर्फमेन्स’ जस्ता गतिविधिबाट उपभोक्तासँग प्रत्यक्ष सम्पर्क गर्नेछन् । कम्पनीले यो अभियानबाट ६० हजारभन्दा बढी उपभोक्तासम्म पुग्ने लक्ष्य राखेको छ । त्यसमा १२ हजार भन्दा बढी वेट स्याम्पलिङ (मसाज सेवा) र ३० हजार ड्राइ स्याम्पलिङ (तेल स्यासे वितरण) समावेश हुनेछन् ।

नवरत्न तेलका ब्रान्ड म्यानेजर विकास तिवारीले भने, ‘नवरत्न बीट मसाज २०२५ मार्फत् हामी उपभोक्तालाई मात्र दुई मिनेटमै राहत र ताजगीको अनुभव गराउँदैछौं, हामी विश्वास गर्छौं, प्रत्यक्ष अनुभवमार्फत् नवरत्न तेल प्रत्येक नेपाली परिवारको विश्वसनीय वेल्नेस सहयात्री बन्नेछ ।’

ADV

सम्बन्धित खबर