२०८२ जेठ १४ गते बुधवार / May 28 , 2025 , Wednesday
२०८२ जेठ १४ गते बुधवार
Ads

महतोले कतारमा नेपाली मधेशी श्रमिकहरुसँग भेटघाट गर्ने

तिलु शर्मा पौडेल
२०८२ जेठ १३ गते २०:१७
महतोले कतारमा नेपाली मधेशी श्रमिकहरुसँग भेटघाट गर्ने

दोहा कतार : राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो कतार आउने भएका छन् । अमेरिकाको एक सम्मेलनमा सहभागी भई नेपाल फर्कने क्रममा कतारमा बसोबास गर्ने नेपाली (मधेशी) श्रमिकहरूसँग भेटघाट तथा अन्तरक्रियाका लागि महतो कतार आउने भएका हुन् ।

मधेसी एकता समाज कतारले अगामी जुन ६ तारिकमा मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभा हलमा दिउँसो १ बजेदेखि सञ्चालन गर्ने भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महतो सहभागी हुने समाजका अध्यक्ष शिवकुमार महतोले मध्यान्हलाई जानकारी दिए ।

महतोको आगमन हुने निश्चित भएसँगै कतारमा कार्यक्रमको तयारीलाई तीव्रता दिइएको सामाजिक व्यक्तित्व कलाम हुसेन खानले जानकारी दिए । खानका अनुसार अध्यक्ष महतो सम्मेलनका प्रमुख अतिथिको रूपमा सहभागी हुने र इस्लाम धर्मालम्बीहरुको दोस्रो ठूलो पर्व वक्र इद (इद-उल-अज्हा) को शुभकामना आदानप्रदान पनि गरिने कार्यपालिका रहेको छ ।

कार्यक्रममार्फत प्रवासमा रहेका मधेशीहरू अझ संगठित हुने र मधेशको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने अपेक्षा गरिएको छ । समाजले कतार भरिका सम्पूर्ण मधेशी समुदायलाई सम्मेलनमा सहभागी भई आपसी सहकार्य, संस्कृति र एकताको सन्देश फैलाउन आह्वान गरेको छ । कतारमा महतो चार दिन रहनेछन् ।

ADV

सम्बन्धित खबर