काठमाडौँ : प्रतिनिधि सभा बैठक आधा घण्टा ढिलागरी सुरु भएको छ ।
दलहरू आन्तरिक छलफलमा जुटेकाले मंगलबार ११ बजे बस्ने भनिएको बैठक साढे ११ बजेदेखि सुरु भएको हो ।
आजको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने रणनीतिमा प्रतिपक्ष दलहरू छन् ।
गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको आरोपबारे जवाफ दिने बताएपनि प्रतिपक्षले पहिला आफूले प्रश्न गर्न पाउनुपर्ने बताउँदै आएका छन् ।