काठमाडौँ : स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।
तोलामा २०० रुपैयाँले घटेर प्रतितोला प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९९५ रुपैयाँ रहेको छ । हिजो चाँदीको मूल्य भने दुई हजार ५ रुपैयाँमा कायम भएको थियो ।