२०८२ जेठ १५ गते बिहिवार / May 29 , 2025 , Thursday
२०८२ जेठ १५ गते बिहिवार
Ads

वेस्ट ह्याकाथन आयोजना हुँदै

मध्यान्ह
२०८२ जेठ १२ गते २१:५०
वेस्ट ह्याकाथन आयोजना हुँदै

काठमाडौं : विश्व वातावरण दिवस २०८२ को अवसरमा ‘बिन देयर ह्याक्ड द्याट’ थिममा वेस्ट ह्याकाथनको आयोजना हुने भएको छ । एनसेल फाउन्डेसन, खालिसिसी र बुढानीलकण्ठ नगरपालिकाको संयुक्त पहलमा सो ह्याकाथान आयोजना हुने भएको हो ।

यो कार्यक्रमले फोहर व्यवस्थापनको बढ्दो समस्यालाई प्रविधि र सिर्जनशीलताका माध्यमबाट समाधान गर्ने लक्ष्य राखेको छ । कार्यक्रम जेठ २२ गते बुढानीलकण्ठ नगरपालिकाको सभाहलमा आयोजना हुँदैछ जहाँ देशका प्रतिभाशाली समाधानकर्ताहरू फोहरलाई अवसरका रूपमा परिवर्तन गर्ने कार्यमा संलग्न हुनेछन् ।

‘यस ह्याकाथनले नेपालको सबैभन्दा चुनौतीपूर्ण समस्याहरू मध्येको एक–फोहर व्यवस्थापनका लागि सिर्जनात्मक र प्रविधिमा आधारित समाधानहरूको विकास गर्ने विश्वास लिएका छौं’, एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखा लक्ष्मी खड्काले बताइन् ।

नेपालमा दैनिक तीन हजार टनभन्दा बढी फोहर उत्पादन हुँदै आएको छ । तर, औपचारिक रिसाइकल प्रणाली अझै विकासोन्मुख अवस्थामा रहेको छ ।

‘यो केवल ह्याकाथन मात्र होइन, फोहरलाई नवप्रवर्तन, आय र प्रभावको स्रोतका रूपमा पुनःपरिकल्पना गर्ने राष्ट्रिय आह्वान हो’, खालिसिसीका संस्थापक तथा सिईओ अमन थापाले भने ।

ADV

सम्बन्धित खबर