२०८२ जेठ १५ गते बिहिवार / May 29 , 2025 , Thursday
२०८२ जेठ १५ गते बिहिवार
Ads

नामी र सेरेसको ‘इज अन वालेट’ सुरु

मध्यान्ह
२०८२ जेठ १२ गते २१:४८
नामी र सेरेसको ‘इज अन वालेट’ सुरु

काठमाडौं : एमएडब्ल्यू वृद्धि मोटर्सले डोङफेङ नामी र सेरेसका लागि ‘इज अन वालेट’ को घोषणा गरेको छ । जेठ ११ देखि जेठ १५ गतेसम्म बजेट घोषणा अगाडि ग्राहकले नामी र सेरेस उत्कृष्ट मूल्यमा पाउनेगरी कम्पनीले सो अफर ल्याएको हो ।

यो अफर नेपालभरका सबै नामी र सेरेस शोरूमहरूमा सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । जसमा ग्राहकहरूलाई नयाँ ईभी मोडलहरू अनुभव गर्ने, विशेष अफर र सुविधाहरूको लाभ लिने, र इलेक्ट्रिकमा स्विच गर्न अझ सजिलो बनाउनेछ ।

यो सीमित अवधिको अफरको लाभ लिने ग्राहकहरूले आफ्नो अनुभवलाई अझ उत्कृष्ट बनाउन डिजाइन गरिएका विशेष सुविधाहरूको प्राप्त गर्नेछन् । यसमा चार्जिङका लागि ७ र ३.५ किलोवाटको चार्जर, एक वर्षको अटो–प्लस बीमा, र एक वर्षको सवारी कर समावेश छन् । साथै, ग्राहकहरूले निःशुल्क एसेसरीज, प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार र हरेक बुकिङमा माउन्टेन फ्लाईट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

ADV

सम्बन्धित खबर