२०८२ जेठ १५ गते बिहिवार / May 29 , 2025 , Thursday
२०८२ जेठ १५ गते बिहिवार
Ads

‘नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२’ सम्पन्न

मध्यान्ह
२०८२ जेठ १२ गते २१:४७
‘नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२’ सम्पन्न

काठमाडौं : यामाहा नेपालले ‘नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२’ सम्पन्न गरेको छ । यामाहा नेपालले देशभरीका उत्कृष्ट यामाहा प्राविधिकहरूको उत्सवस्वरूप बहुप्रतिक्षित नेसनल सर्भिस स्कील कन्टेस्ट २०८२ सम्पन्न गरेको हो ।

देशैभर आयोजित क्षेत्रीय प्रतियोगिताबाट छनोट भएका दक्ष प्रविधिकहरू यो प्रतियोगितामा सहभागी भएका थिए जसले यामाहाको सर्भिस नेटवर्कको उच्चतम स्तरको प्रतिनिधित्व गरेका थिए । यामाहाको काठमाडौंस्थित तालिम केन्द्रमा सम्पन्न भएको यो राष्ट्रिय स्तरको प्रतियोगिता सहभागीहरूलाई यामाहाको प्रख्यात सेवा उत्कृष्टताको लागि आवश्यक पर्ने विस्तृत दायराका सीपहरूको परीक्षण गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

प्रतियोगितामा सहभागीहरूले प्राविधिक परीक्षण, यान्त्रिक मूल्यांकन, समस्याको पहिचान गर्ने च्यालेन्जहरू, लिखित परीक्षा र भाइभा लगायतका चरणहरू पार गरेका थिए । जसले उनीहरूको गहिरो ज्ञान, प्रविधिक दक्षता र सटीकताको लागि समर्पणलाई देखाउने प्लेटफर्म प्रदान गरेको जनाइएको छ ।

ADV

सम्बन्धित खबर