२०८२ जेठ १५ गते बिहिवार / May 29 , 2025 , Thursday
२०८२ जेठ १५ गते बिहिवार
Ads

प्रधानमन्त्रीले भनेका सबै कुराको जिम्मेवारी कांग्रेसले लिँदैन : प्रवक्ता महत

मध्यान्ह
२०८२ जेठ १२ गते १३:०४
प्रधानमन्त्रीले भनेका सबै कुराको जिम्मेवारी कांग्रेसले लिँदैन : प्रवक्ता महत

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका सबै कुराहरूको जिम्मेवारी कांग्रेसले नलिने स्पष्ट पारेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री ओली नेकपा एमालेको समेत अध्यक्ष रहेको बताउँदै उनले भनेका सबै कुराहरूको जिम्मेवारी लिने कुरा नभएको बताए । उनले आफूहरू समग्र संविधानको प्रतिरक्षाको पक्षमा रहेको बताए । प्रवक्ता महतले संविधानले दिएको अधिकार प्रयोग गरेर विरोध तथा आफ्ना कुराहरू राख्न पाइने जिकिर गरे ।

उनले शान्तिपूर्ण तरिकाले विरोध तथा प्रदर्शन गर्न संविधानले नै अधिकार दिएको जिकिर गरे । उनले संविधानको विरुद्धमा जाने कुरा ठिक नभएको बताए । उनले राजावादीहरुले जेठ १५ मा गर्न लागेको आन्दोलनलक्षित गर्दै संविधानविरुद्धका गतिविधिहरु कांग्रेसलाई स्वीकार्य नहुने बताए ।

प्रधानमन्त्री ओलीले आइतबार एक कार्यक्रममा जेठ १५ गतेका लागि राजावादीहरूले आह्वान गरेको आन्दोलन निस्तेज पार्न कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले गणतन्त्र दिवसको दिन बिहान ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रण हुनुपर्ने बताएका थिए ।

ADV

सम्बन्धित खबर