२०८२ जेठ १५ गते बिहिवार / May 29 , 2025 , Thursday
२०८२ जेठ १५ गते बिहिवार
Ads

माओवादीले भन्यो : गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ

मध्यान्ह
२०८२ जेठ १२ गते १२:०६
माओवादीले भन्यो : गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ

काठमाडौं : नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै  गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले गृहमन्त्री लेखकले छानबिनमा सहयोग गर्नुपर्ने र त्यसका लागि पदत्याग गरेर मार्ग प्रशस्त गर्नु पर्ने ठहर गरेको हो ।

बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले पार्टीको आधिकारिक निर्णय सार्वजनिक गर्दै भने, “राज्यका निकायबाट छानबिन सुरु भइसकेको छ। यस्तो अवस्थामा प्रभाव, पहुँच र पावर प्रयोग हुन नदिई निष्पक्ष छानबिन होस् भन्नका लागि गृहमन्त्रीले राजीनामा दिनैपर्छ ।”

सापकोटाले छानबिन स्वतन्त्र र निष्पक्ष होस् भन्ने सुनिश्चितताका लागि मन्त्री लेखकले अब ढिला नगरी तुरुन्त पद छाड्नुपर्ने स्पष्ट पारे । “ढिला गरे साखमा आँच आउँछ भन्ने हाम्रो निष्कर्ष हो,” उनले भने ।

यता, गृहमन्त्री लेखककै पार्टी नेपाली कांग्रेसले भने आज बिहान बसेको पदाधिकारी बैठकमार्फत लेखक भिजिट भिसा प्रकरणमा संलग्न नरहेको निष्कर्ष निकाल्दै राजीनामाको आवश्यकता नरहेको बताइसकेको छ ।

ADV

सम्बन्धित खबर