२०८२ जेठ १२ गते सोमवार / May 26 , 2025 , Monday
२०८२ जेठ १२ गते सोमवार
Ads

एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा

मध्यान्ह
२०८२ जेठ ११ गते २१:१०
एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा

काठमाडौं : टेलिटक प्रालिले एचएमडीको नवीनतम स्मार्टफोन ‘एचएमडी क्रेस्ट म्याक्स फाइभजी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आइतबार नेपालमा उक्त स्मार्टफोन सार्वजनिक गरेको हो । 

यस स्मार्टफोनमा उत्कृष्ट प्रदर्शन, उन्नत क्यामरा प्रणाली र सजिलै मर्मत गर्न मिल्ने प्रयोगकर्ता अनुकूल डिजाइन समावेश गरिएको छ । एचएमडीले विकास गरेको यो डिभाइस विशेषगरी दिगो प्रविधि र दीर्घकालीन प्रयोगका लागि तयार पारिएको कम्पनीले जनाएको छ । जसले नेपाली उपभोक्ताहरूलाई शक्तिशाली, भरपर्दो र वातावरणमैत्री मोबाइल अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

टेलिटकका अनुसार एचएमडी क्रेस्ट म्याक्स फाइभजी नवीनतम प्रविधिसँग सुसज्जित हुनुका साथै नेपाली बजारको आवश्यकता र चाहनालाई मध्यनजर गरी तयार पारिएको हो । स्मार्टफोनको डिजाइन, प्रदर्शन र मर्मतको सहजता यसलाई नेपाली उपभोक्ताका लागि एक उत्कृष्ट विकल्प बनाउनेछ ।

ADV

सम्बन्धित खबर