२०८२ जेठ १२ गते सोमवार / May 26 , 2025 , Monday
२०८२ जेठ १२ गते सोमवार
Ads

मौद्रिक नीतिको समीक्षा : गभर्नर पौडेलले शेयरको जोखिमभार घटाए

मध्यान्ह
२०८२ जेठ ११ गते २१:०२
मौद्रिक नीतिको समीक्षा : गभर्नर पौडेलले शेयरको जोखिमभार घटाए

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत् शेयर कर्जामा लचकता देखाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नरमा डा. विश्वनाथ पौडेलको पहिलो मौद्रिक नीतिको समीक्षामा शेयर लगानीकर्ताको लागि लचिलो बनेका हुन् । 

आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा शेयर कर्जामा जोखिम भार एक सय प्रतिशत कायम गरेको हो । यसअघि शेयर कर्जा जोखिम भार १२५ प्रतिशत थियो । बैंक तथा बित्तिय संस्थामा बढ्दो तरलतालाई मध्यनजर गर्दै राष्ट्र बैंक शेयरमा कर्जाको जोखिम भार घटाएको हो । 

जोखिम भार कम भएसंगै शेयर बजारमा चलायमान हुने र  शेयरमा कर्जा बिस्तारको बढ्ने अपेक्षा गरिएको छ । यस्तै राष्ट्र बैंकले आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको समिक्षा सन्तुलित राखिएको राष्ट्र बैंकले जनाएको छ । समिक्षामा नीतिगत दरलाई विद्यमान ५ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखेको छ  । 

त्रैमासिक समीक्षामा विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई समेत यथावत राखेको छ । तर, समीक्षाले प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय यस बैंकले खुला बजार कारोबार उपकरणहरूमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात हुनुपर्ने व्यवस्था गरेको छ ।

लगानीको वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरूलाई समावेश गरी नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ र बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गर्ने तयारी समेत भएको राष्ट्र बैंकले जनाएको छ ।

ADV

सम्बन्धित खबर