काठमाडौँ : सान्भि इनर्जी लिमिटेडले आजबाट सर्वसाधारणका लागि प्राथमिक सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।
यस कम्पनीले सर्वसाधारणका लागि २४ लाख १५ हजार ३०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने बाँकी कित्ता आईपीओ जेठ १३ गतेसम्म निष्कासन हुनेछ । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २३ गतेसम्म निष्कासनमा रहने बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले जानकारी दिएको छ ।
यस आइपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । मेरो सेयर अनलाइनमार्फत पनि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।