२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

४.९९ प्रतिशत ब्याजदरमा ‘प्रोटोन इ–मास ७’ पाइने

मध्यान्ह
२०८२ जेठ ६ गते २१:३३
४.९९ प्रतिशत ब्याजदरमा ‘प्रोटोन इ–मास ७’ पाइने

काठमाडौं : नेपालमा प्रोटोन सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो विद्युतीय सवारी प्रोटोन इ–मास७ का लागि नयाँ फाइनान्स योजना सार्वजनिक गरेको छ । अब ग्राहकहरूले मात्र ६० मिनेटभित्र फाइनान्स स्वीकृति पाउन सक्नेछन् र केबल ४.९९ प्रतिशत ब्याजदरमा सवारीसाधन किन्न सक्नेछन् । जुन नेपालकै अटोमोबाइल क्षेत्रमा पहिलो पटक भएको कम्पनीको दाबी छ ।

यस योजनाले विद्युतीय सवारीलाई अझ सहज, सुलभ र किफायती बनाउँदै प्रोटोन इ–मास ७ को अपनत्वलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्य लिएको छ । जगदम्बा मोटर्सले आफ्नो ग्राहक–प्रथम नीति अन्तर्गत यस्तो पहल ल्याएको हो, जसले समावेशी र दिगो मोटरिङ भविष्यतर्फ नेपाललाई अघि बढाउने बताइएको छ ।

प्रोटोन इ–मास ७ ले पहिले नै आफ्नो प्रदर्शन, सुरक्षा र भविष्यमुखी डिजाइनको कारण लोकप्रियता कमाएको छ । यो नयाँ योजनासँगै प्रोटोन इ–मास७ को माग अझ बढ्ने अपेक्षा कम्पनीको छ । जसले उपभोक्ताहरूलाई विद्युतीय सवारीतर्फ सजिलै रूपान्तरण गर्न सहयोग पुग्नेछ ।

ADV

सम्बन्धित खबर