२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

एनएमबिले एक्यान सदस्यलाई वित्तीय सेवा प्रदान गर्ने

मध्यान्ह
२०८२ जेठ ६ गते २१:३१
एनएमबिले एक्यान सदस्यलाई वित्तीय सेवा प्रदान गर्ने

काठमाडौं : एनएमबि बैंकले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल एक्यानसँग सम्झौता गरेको छ । एक्यानमा आबद्ध रहेका सदस्यहरूलाई लक्षित गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता बैंकले उक्त सम्झौतामा उल्लेख गरेको छ । 

यो सहकार्य एनएमबि बैंकको समावेशी र मूल्य–आधारित बैंकिङ सेवाको प्रतिबद्धता र नेपालमा रहेका पेशागत समुदायलाई टेवा प्रदान गर्ने उद्देश्यले सम्पन्न गरिएको जनाइएको छ । एनएमबि बैंकले वित्तीय साक्षरताको प्रवद्र्धन र आर्थिक विकासमा उनीहरूको भूमिकालाई मान्यता दिँदै विशेष सेवा तथा ऋण योजनाहरू प्रस्तुत गरेको हो ।

सम्झौताअनुसार एक्यान सदस्यहरूले बैंकबाट कर्जा उपभोग गर्दा ऋण प्रशासनिक शुल्कमा छुट, सरल कागजात प्रक्रिया, एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड तथा ग्रीन सेभिङ खातासहितका डिजिटल र कार्ड सेवाहरूको उपभोग गर्न सक्नेछन् । साथै, एनएमबिको प्राथमिक बैंकिङ सेवा अन्तर्गत व्यक्तिगत सम्बन्ध व्यवस्थापन तथा विशेष सुविधाहरू पनि प्रदान गरिने जनाइएको छ ।

ADV

सम्बन्धित खबर