काठमाडौं : केज ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेशनलले केज पार्टनर्स मिट २०२५ सम्पन्न गरेको छ । जेठ २ गते चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा मिट सम्पन्न भएको हो ।
कार्यक्रममा स्टेक होल्डर, पार्टनर र डिलरहरूले आफ्नो व्यावसायिक सफलता र भविष्यको योजना बारेमा जानकारी आदानप्रदान गर्ने अवसर पाएका थिए । सो अवसरमा सत्यदिप इन्टरनेशनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्रकुमार मिश्रले कम्पनीको दुई दशक देखिको यात्राको बारेमा जानकारी प्रदान गरेका थिए ।
सो अवसरमा केजको ग्लोबल भिजन र प्रोडक्ट इनोभेसनको बारेमा केजका सेल्स डाइरेक्टर चोङ चिन सियोङ र केज ब्रान्डको नेपालमा बजार रणनीति, प्रभावशाली वृद्धि पथ र भविष्यको योजना बारेमा सत्यदिप इन्टरनेशनलका बिजनेस डेभलपमेन्ट म्यानेजर दिवाकर मिश्रले प्रस्तुतिकरणमार्फत् जानकारी प्रदान गरेका थिए ।
नेपालमा केजले चाइनिज–ओरिजिन ब्याट्रीमा ४० प्रतिशत र नेपालको दुईपांग्रे सवारीको ब्याट्री बजारमा २० प्रतिशत भन्दा बढी बजार हिस्सा ओगटेको जनाएको छ ।