२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

एभरेष्ट बैंकको सिन्धुलीमा शाखा विस्तार

मध्यान्ह
२०८२ जेठ ६ गते २१:२८
एभरेष्ट बैंकको सिन्धुलीमा शाखा विस्तार

काठमाडौं : एभरेष्ट बैंकले १३२औं शाखा विस्तार गरेको छ । बैंकले सिन्धुली जिल्ला अन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औं शाखा विस्तार गरेको हो । यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । यस शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र बैंकका संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले सो शाखाको संयुक्त रूपमा उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेलले बैंकको उपस्थिति सँगै बैंकले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास प्रकट गरे । 

त्यस्तै, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. वैद्यले एभरेष्ट बैंकको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आएसँगै यहाँका वासिन्दाहरूलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्दता व्यक्त गरेका थिए ।

ADV

सम्बन्धित खबर