२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

२०८४ मा एमालेलाई एकल बहुमत ल्याउन गाह्रो छैन : ओली

मध्यान्ह
२०८२ जेठ ५ गते १७:१५
२०८४ मा एमालेलाई एकल बहुमत ल्याउन गाह्रो छैन : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याउन असम्भव नरहेको दाबी गरेका छन् ।

एमालेनकिट उत्पीडित जातीय मुक्ति समाजको महाधिवेशनलाई सम्बोधन गर्दै कसैले बहुमत ल्याउन मुस्किल पर्ने पद्धति भएपनि असम्भव नरहेको ओलीले जिकिर गरे ।

उनले भने, ‘हामीले अहिले यो प्रणाली चुनिसकेका छौं । अहिले यही कायम रहन्छ । यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्छ । चुनौतीपूर्ण छ । तर एमालेका लागि सम्भव छ । त्यसैले हामीले मिसन २०८४ एमालेको एकल बहुमत ल्याउने तयारीमा जुटिरहेका छौं ।’

उनले भने, ‘अहिले हामीमाथि प्रहार भइरहेको छ  । सोसल मिडियाबाट हाम्रा विरोधी भन्नाले देशको भलो नचिताउने, शान्ति सुव्यवस्था नचिताउने, सुशासन नचिताउने र विकासको गतिलाई तीव्र ढंगले अगाडि बढाउने कुरामा लाग्न नचाहने तत्वहरूले हाम्राविरुद्ध प्रचार गरिरहेका छन्, हामीले त्यसलाई बुझेर आफैं त्यसकाविरुद्ध लाग्नुपर्छ ।’

देशलाई विकास र सुशासनको बाटोमा अघि बढाउनको लागि एमालेलाई निर्णायक शक्ति बनाउन आवश्यक रहेको पनि प्रधानमन्त्री ओलीले बताए ।

उनले विपक्षीहरुसँगको जुधाइले पर्याप्त हुन नसकेकाले जनतामा भ्रम पर्न खोजेकाले शिथिल नभइ उत्साहित भएर अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष ओलीले भने, ‘हामी व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिहेका छौँ ।

अराजकतावादीहरुले यस प्रयासमा भाँजो हाल्न सक्छन् । अराजकतावाद सदैव हाम्रो दुुष्मन हो । विपक्षीहरुले जनतामा हाम्राविरुद्ध भ्रम फिँजाउन खोजेका छन् । त्यस्तो भ्रम चिर्न हामी सुदृढ र एकताबद्ध भएर लाग्नुपर्नेछ ।’

प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन, पार्टी र देशलाई सफल बनाउन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढ्न पनि आग्रह गरे । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर