२०८२ भदौ ९ गते सोमवार / Aug 25 , 2025 , Monday
२०८२ भदौ ९ गते सोमवार
Ads

हुन्डाईको बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

shivam cement
मध्यान्ह
२०८२ जेठ १ गते २१:३०
हुन्डाईको बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

काठमाडौं : हुन्डाई नेपालले बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको छ । अन्तक्रिया सहितको सार्वजनिक समारोहमा ३० भन्दा बढी क्रेटा ईभीको बुकिङ, १० वटा क्रेटा ईभी ग्राहकहरूलाई  हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ  । अहिलेसम्मकै व्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया अन्तक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।

ग्राहक वर्गलाई प्रदान गर्दै आएको उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले सम्पूर्ण उपभोक्ताहरूको मन जित्दै आफूलाई नेपालको उत्कृष्ट अटो ब्रान्डको रूपमा स्थापित गरिसकेको छ ।

नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारीबारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेमा कम्पनी विश्वस्त छ । धेरैलाई ईभी खरिद गर्दा स्पेयर पाट्र्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शंका हुने गर्छ । तर, हुन्डाई नेपालले देशमै क्रेटा आईसीई, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा ईभी तथा आईसीई, दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकाले गाडी खरिदपछिको सेवा सुविधामा अब कुनै पनि समस्या नहुने बताइएको छ ।

साथै, लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन रिल्याक्स चार्जिङको नेटवर्क विस्तार गर्दै छ, जसअन्तर्गत अहिले नै देशभरका विभिन्न ठाउँमा रिल्याक्स डीसी र एसी गरी ६६ चार्ज स्टेसन सुचारु भइसकेका छन् । यसले गर्दा ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (आईसीई) र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पाट्र्स र सपोर्टमा कुनै किसिमको कमी नहुने कम्पनीले जनाएको छ ।

नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न शहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ । सोही अभियानअन्तर्गत कम्पनीले ३१ वैशाखमा सिद्धिविनायक मोटो कर्प प्रालि, बुटवल र जगत् मोटर्स प्रालि भैरहवा (हुन्डाईको आधिकारिक डिलर) को संयुक्त आयोजनामा बोधि भिल्ला, मणिग्राममा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको थियो, जहाँ क्रेटा ईभीसहित हुन्डाईका अरु नयाँ मोडलहरू पनि प्रदर्शन गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise