२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

सिन्धु विकास बैंकको सामाजिक कार्यक्रम सम्पन्न

मध्यान्ह
२०८२ वैशाख ३१ गते २०:५८
सिन्धु विकास बैंकको सामाजिक कार्यक्रम सम्पन्न

काठमाडौं : सिन्धु विकास बैकको सहयोगमा वक्तृत्वकला प्रतियोगिता र बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वसम्बधी वार्षिक कार्ययोजना अन्तर्गत शाखा कार्यालय बाह्रविसेको सहयोगमा ती कार्यक्रम सम्पन्न भएका हुन् ।

बैंकको नेपाल रेडक्रस सोसाइटी बाह्रविसे उप–शाखासँगको संयुक्त आयोजनामा २०८२ वैशाख २९ गते बाह्रविसे नगरपालिका ०८ मा खुल्ला रक्तदान कार्यक्रम र प्राइभेट प्याराडाइज माविमा नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । 

प्राइभेट प्याराडाइज माविमा आयोजित नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा बाह्रविसे नगरपालिकाका १० वटा विद्यालयका १८ जना विद्यार्थीले सहभागिता जनाएका थिए । साथै, रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरी सहभागिता जनाएका थिए ।

ADV

सम्बन्धित खबर