२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मध्यान्ह
२०८२ वैशाख ३१ गते २०:५८
एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं : एनआईसी एशिया लघुवित्तले विभिन्न प्रदेशहरूमा वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । लघुवित्तले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

गण्डकी प्रदेशअन्तर्गत लघुवित्तको मगरकोट शाखाले वैशाख २९ गते आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न थियो । जसमा स्थानीय जनप्रतिनिधि टेक नारायण महतो, मगरकोट उप प्रदेश कार्यालयका अनुगमन अधिकृत भुवन राज भट्ट तथा शाखा प्रमुख गोपाल सुनारसहित कर्मचारीहरू र करिब ४० जना महिला सदस्यहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी, कर्णाली प्रदेशको बांगेसिमल शाखाले पनि वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा प्रदेश प्रमुख नवराज सिंह, अनुगमन अधिकृत गणेश पुन मगर, शाखा कर्मचारीहरू तथा ५५ जना सदस्यहरूको उपस्थिति रहेको थियो ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशअन्तर्गत दैलेखको बेस्तडा शाखाले वैशाख २७ देखि २९ सम्म ३ दिने आधारभूत बाख्रापालन तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापा, उपाध्यक्ष मिनाकुमारी खड्का, पशु प्राविधिक प्रशिक्षक गणेशराज जोशी, बिनेश परियारलगायतको उपस्थिति थियो ।

ADV

सम्बन्धित खबर