२०८२ वैशाख ३१ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ वैशाख ३१ गते बुधवार
Ads

प्रतिनिधि सभा बैठक बस्दै 

मध्यान्ह
२०८२ वैशाख ३१ गते ०९:३८
प्रतिनिधि सभा बैठक बस्दै 

काठमाडौँ : संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । 

बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् । 

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहनेछ । आर्थिक वर्ष २०८२र०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक०माथि छलफल जारी रहने सम्भावित कार्यसूची रहेको  छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर