२०८२ वैशाख ३० गते मङ्गलवार / May 13 , 2025 , Tuesday
२०८२ वैशाख ३० गते मङ्गलवार
Ads

नागरिकका विकासका आकांक्षा पूरा हुनेगरी बजेट ल्याउनुपर्ने

मध्यान्ह
२०८२ वैशाख ३० गते १३:४९
नागरिकका विकासका आकांक्षा पूरा हुनेगरी बजेट ल्याउनुपर्ने

काठमाडौंः उच्च आर्थिक वृद्धिदर र नागरिकका विकास आकाङ्क्षा सम्बोधन हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनीहरूले मौलिक हकको कार्यान्वयन, पूर्वाधार विकास, उत्पादकत्व वृद्धि तथा रोजगारी सृजनालाई केन्द्रमा राखेर बजेट ल्याइनुपर्ने बताएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको टरिगाउँ विमानस्थल निर्माणका लागि रू तीन अर्ब ४२ करोड  लागत अनुमान गरिएकाले त्यति रकम विनियोजन गर्न सरकारसँग आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद जुली कुमारी महतो (महासेठ)ले आगामी आर्थिक वर्षको बजेटमा जनताका विकासका चाहना सम्बोधन हुनुपर्नेमा जोड दिइन् । उनले रासायनिक मल कारखाना स्थापना, रुग्ण र बन्द कारखाना पुनःसञ्चालन र नयाँ कारखाना स्थापनाका लागि आवश्यक बजेट व्यवस्था गर्नुपर्छ भनिन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायको उत्थानका निम्ति ठोस कार्यक्रम नल्याइएकामा रोष प्रकट गरे । नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले देशको अर्थव्यवस्थाप्रति राज्य गम्भीर नभएको अनुभूत हुन्छ भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संविधानले प्रत्याभूत गरेका नागरिकका अधिकार सुनिश्चित हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अनिसा नेपालीले राज्यको स्रोत साधनमाथि सबै नागरिकको समान पहुँचको प्रत्याभूतिको माग गरिन् । 

ADV

सम्बन्धित खबर