काठमाडौं : एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ७ शाखामा वित्तीय साक्षरता, आधारभूत बाख्रापालन तथा सुन्तला खेतीसम्बन्धी वैशाख २६ र २७ गते दुई दिने तालिम कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाका अनुसार कार्यक्रममा पाउदुर शाखाबाट ५१ जना, सिरानचौर ३८ जना, अमरापुरी ४५ जना, थाकुरद्धारा ३० जना, बागचौर ३८ जना र छायाँछेत्र शाखाबाट ४७ जना गरी कुल २४९ जना सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीलाई वित्तीय साक्षरता, लघुवित्त प्रणाली, बचत तथा लगानीको महत्वका साथै बाख्रापालन तथा सुन्तला खेतीका आधारभूत प्रविधिहरूको जानकारी दिइएको थियो ।
कार्यक्रममा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरू, प्रहरी अधिकारीहरू, तीनै प्रदेशका अनुगमन अधिकृतहरू, शाखा प्रमुखहरू तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको संस्थाले जनाएको छ । संस्थाले ग्रामीण तहका महिला, किसान र साना उद्यमीलाई लक्षित गरी उत्पादनमुखी तालिम प्रदान गर्दै वित्तीय पहुँचलाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ ।