काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताएका छन् ।
शुक्रबार निजी निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय ढिलो भएको पदाधिकारीको गुनासोपछि अब छिटै नियुक्ति हुने आश्वानस दिएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता डा. प्रकाशशशरण महतले सभापति देउवाको भनाइ उद्धृत गर्दै राष्ट्र बैंकको नेतृत्व मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउनसक्ने व्यक्ति गभर्नर बन्नुपर्ने बताउनुभएको जानकारी दिए ।
प्रवक्ता महतले सरकारमा रहेका राजनीतिक दलहरुको सहमतिबाटै गभर्नरको नियुक्ति हुने बताए ।