२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

सिटिजन्स बैंक र म्यानबीच सम्झौता

मध्यान्ह
२०८२ वैशाख २५ गते २०:४७
सिटिजन्स बैंक र म्यानबीच सम्झौता

काठमाडौं : सिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (म्यान) बीच संयुक्त रूपमा ‘म्यान–सिटिजन्स अस्पायरिङ म्यानेजर अवार्ड’ स्थापना गर्ने सहमति भएको छ अवार्ड व्यवस्थापन संकाय अन्तर्गत एम.बि.ए.मा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उदेश्यले ल्याइएको हो ।

बिहीबार म्यानको कार्यालयमा आयोजित कार्यक्रममा सो सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र म्यानका अध्यक्ष मोहन राज ओझाले हस्ताक्षर गरे । पुरस्कार पुर्वाञ्चल युनिभर्सिटी अन्तर्गत एम.बि.ए.मा उत्कृष्टता प्रदर्शन गर्ने प्रतिभाशाली विद्यार्थीलाई हरेक वर्ष प्राप्त गर्नेछन् ।

पुरस्कारको राशी ५१ हजार रुपैयाँ तोकिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल अवार्डको प्रायोजक हुनेछ र वार्षिक रूपमा आवश्यक रकम उपलब्ध गराउनेछ । उत्कृष्ट विद्यार्थीको चयनका लागि सिटिजन्स बैंक, पुर्वाञ्चल युनिभर्सिटी र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालका प्रतिनिधिहरू सम्मिलित समिति गठन गरिनेछ । पुरस्कारले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा सकारात्मक योगदान दिने सिटिजन्स बैंकले जनाएको छ । 

ADV

सम्बन्धित खबर