काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ९२ हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार भने तोलामा १ हजार ९६५ रुपैयाँ कारोबार भएको थियो ।