काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्नेछ।
आजको बैठकमा भारत-पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।