२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

विनोद चौधरीले भेटे बिल गेट्स

मध्यान्ह
२०८२ वैशाख २३ गते १७:३०
विनोद चौधरीले भेटे बिल गेट्स

काठमाडौं : सांसद विनोद चौधरीले माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्ससँग भेट गरेका छन् ।

नेपालका एकमात्र अर्बपति एवं चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीले सिंगापुरमा आयोजित फिलान्थ्रपी एसिया एलायन्स-२०२५ (पिएए–२०२५) को अवसरमा मंगलबार विश्वविख्यात परोपकारी व्यक्तित्व तथा माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्ससँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा दुवैबीच नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतिहरूबारे गम्भीर छलफल भएको छ । उक्त भेटमा विनोद चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बालपोषणको क्षेत्रमा “बलियो नेपाल” अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरे ।

उनले नेपालको सामाजिक क्षेत्रमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको दशकौंदेखिको सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको जानकारी दिए । सांसद चौधरीले सोसियल मेडियामार्फत बिल गेट्ससँगको साइडलाइन मिटिङको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् ।

ADV

सम्बन्धित खबर