२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

जनार्दन शर्माको प्रश्न- सरकार यति गैरजिम्मेवार किन ?

मध्यान्ह
२०८२ वैशाख २३ गते १२:२२
जनार्दन शर्माको प्रश्न- सरकार यति गैरजिम्मेवार किन ?

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सांसदहरुले संसदमा उठाएका प्रश्नको जवाफ दिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले सांसदहरुले उठाएका प्रश्नमा सरकार ग्म्भीर भएर जवाफ दिनुपर्ने माग गरेका हुन् । उनले सरकारालई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत सरकारलाई निर्देशन दिनुपर्ने माग गरे । नागरिकका प्रश्नमा सरकार समाधानतिर नगएको उनको आरोप छ । 

उनले भने, ‘नागरिकका प्रश्नमा सरकार समाधानतिर होइन, जवाफ पनि दिन तयार छैन । यो गैरजिम्मेवारी किन ? म सभामुख महोदयलाई भन्न र आग्रह गर्न चाहन्छु, की शुन्य समय शुन्यमा उडाउन हो भने बन्द गरौँ, होइन भने सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत निर्देशनको माग गर्दछु ।’

ADV

सम्बन्धित खबर