२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

लक्ष्मी सनराइज बैंकले गर्‍यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार

मध्यान्ह
२०८१ असार २३ गते १२:२६
लक्ष्मी सनराइज बैंकले गर्‍यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार

काठमाडौं : लक्ष्मी सनराइज बैंकले काठमाडौंको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ । 

काठमाडौंको बौद्धमा रहेका २ शाखामध्ये गोकर्णेश्वर नगरपालिका वडा नं. ६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ को थलीमा स्थानान्तरण गरिएको हो ।  स्थानान्तरण गरिएको साविकको बौद्ध शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको बौद्व पिपलबोटको शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवा प्रदान गर्ने बैंकले बताएको छ । हाल लक्ष्मी सनराइज बैंकले ५९ जिल्लामा २५४ शाखा, ३१६ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ ।

ADV

सम्बन्धित खबर