२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

बंगलादेशमा मलेसियाको सिन्डिकेटविरुद्ध म्यानपावर व्यवसायीहरूको प्रदर्शन

२०८२ वैशाख २३ गते ०६:४५
बंगलादेशमा मलेसियाको सिन्डिकेटविरुद्ध म्यानपावर व्यवसायीहरूको प्रदर्शन

ढाका : बंगलादेश एसोसिएसन अफ इन्टरनेशनल रिक्रुटिङ एजेन्सीज (बैरा)ले मलेसियाली श्रम बजारलाई नियन्त्रण गर्ने सिन्डिकेटहरू भत्काउन र बंगलादेशी कामदारहरूको पठाउने प्रक्रियालाई पुनः खोल्न सरकारलाई आग्रह गरेको छ ।

सोमबार बिहान बंगलादेशको राजधानी ढाकास्थित प्रवासी कल्याण भवन अगाडि मानव साङ्लो विरोध प्रदर्शन गर्दै म्यानपावर व्यवसायीहरूले उक्त माग गरेको बंगलादेशी संचारमाध्यम बंगलादेश प्रतिदिनले उल्लेख गरेको छ ।

बैराका पूर्ववरिष्ठ उपाध्यक्ष रियाज उल इस्लामले बंगलादेशको अघिल्लो शासनकालमा भ्रष्ट सिन्डिकेटधारीहरूले मलेसियाको कामदार भर्नाको प्रक्रियामा चलखेल गरेर अर्बौं रकम हिनामिना गरेको र उक्त प्रणाली जारी रहेको भन्दै श्रम सम्झौता संशोधन गरी  मलेसियाको श्रम बजार पुनः खोल्नुपर्ने माग गरे ।

उनीहरूले सिन्डिकेटको नेतृत्व फरार रहेकम रुहुल अमिन स्वपनले गरिरहेको आरोप लगाएका छन् । उनले पूर्वमन्त्रीहरू, सांसदहरू र अपदस्थ शासनकालका अभिजात वर्गको समर्थनमा विदेशबाट सिन्डिकेट संचालन गरिरहेको दाबी गरिएको छ ।

उनीहरूले सिन्डिकेटधारीहरूले ८ लाख कामदारहरूबाट बढेको भिसा र टिकट लागतका लागि १२ हजार करोड टाका र २ लाख ५० हजार कामदारहरूबाट चिकित्सा जाँचका लागि ७५० करोड टाका असुली गरेको दाबीसमेत गरेका छन् ।

ADV

सम्बन्धित खबर