२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

विभागका नयाँ महानिर्देशक भट्टराईद्वारा पदबहाली

२०८२ वैशाख २३ गते ०६:१५
विभागका नयाँ महानिर्देशक भट्टराईद्वारा पदबहाली

काठमाडौं : वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक कमल भट्टराईले  पदबहाली गरेका छन् । गत हप्ता नियुक्त भएका विभागका महानिर्देशक भट्टराईले सोमबार पदबहाली गरेका हुन् ।

भट्टराई यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा  विभागका महानिर्देशक थिए । भट्टराईले पदबहाली गरेसँगै करिब १ महिनादेखि रोकिएका प्रशासनिक कामले गति लिने वैदेशिक रोजगार व्यवसायीहरूको अपेक्षा छ ।

हाल विभागको उपमहानिर्देशकमा चन्द्रबहादुर शिवाकोटी र निर्देशकमा टीका ढकाल र उपेन्द्र पौडेल कार्यरत रहेका छन् ।

ADV

सम्बन्धित खबर