२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

सीप क्षमता विकास गर्न प्लम्बिङ तालिम

shivam cement
सुर्य प्रसाद भुसाल
२०८२ वैशाख २२ गते २१:००
सीप क्षमता विकास गर्न प्लम्बिङ तालिम

सन्धिखर्क : सन्धिखर्क नगरपालिकाले संचालन गरेको सीपमूलक तालिमको सोमबार समापन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकाले संचालन गरेको ५० दिने तालिमको एक कार्यक्रमकाबीच समापन गरिएको हो । 

प्रधानमन्त्री रोजगार कार्यक्रम युवा रोजगारीको लागि स्थानान्तरण पहल आयोजना अन्तर्गत ५० दिनसम्म सीप/क्षमता विकास जीवन उपयोगी(प्लम्बिङ)तालिम सञ्चालन गरिएको थियो । लुम्बिनी पोलिटेक्नीक इन्स्टिच्युट प्रा.लि.बाणगंगा,कपिलवस्तुले सहजीकरण गरेको तालिममा नगरपालिकाभित्रका १२ वटै वडाबाट सूचीकृत श्रमिकहरुको सहभागिता रहेको थियो । 

५०दिनको अवधिमा कार्यस्थलमा आधारित सीप/क्षमता विकास जीवन उपयोगी (प्लम्बिङ) तालिम समापन तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रम नगर प्रवक्ता तथा २ नं. वडाध्यक्ष मोतिजंग रायमाझी, वडा नं. १ का वडाध्यक्ष माधव श्रेष्ठ, निमिक्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु खनाल,पत्रकार महासंघका अध्यक्ष गणेश खनाल, लुम्बिनी पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि.का डाइरेक्टर अरुण कुमार अर्याल लगायतले मन्तव्य राख्दै आफुले सिकेको सीपलाई व्यवहारमा लागू गर्दै स्वरोजगार बन्न आग्रह गरे । 

अघिल्ला आर्थिक वर्षहरुमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सूचीकृत भएका श्रमिकहरुले नाली, बाटाघाटा, सरसफाइ गर्ने मात्र काम हुने र वर्षाले पुनःउस्तै बनाउने भएकाले यस पटक नगरपालिकाले सीपमूलक तालिम दिने निर्णय गरेको थियो । यस्तै तालिममा सहभागी प्रशिक्षार्थीहरुको तर्फबाट धन्यवाद मन्तव्य राख्दै शान्ता गैरे थापाले तालिमबाट धेरै कुरा सिकेको र आफुले सिकेको सीपलाई भरपुर उपयोग गर्ने प्रतिबद्धता जनाउँदै यस्ता खालका तालिमले ग्रामीणस्तरमा रहेका निम्नवर्गका मानिसलाई आयआर्जनमा सहयोग पुग्ने बताइन् । 

नगरप्रवक्ता मोतीजंग रायमाझीको अध्यक्षतामा भएको समापन कार्यक्रममा निमिक्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु खनालले स्वागत मन्तव्य राखेकी थिइन् भने रोजगार संयोजक शालिक नेपालीले कार्यक्रम सञ्चालन गरेका थिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise