२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

आदिल आलममाथिको प्रतिबन्ध फुकुवा

मध्यान्ह
२०८२ वैशाख २२ गते १७:३५
आदिल आलममाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलममाथिको प्रतिबन्ध फुकुवा भएको छ । 

आलममाथिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी लगाइएको प्रतिबन्ध फुकुवा भएको हो । 

नेपाल क्रिकेट संघ (क्यान)ले वैशाख २१ गते आइतबारदेखि लागू हुने गरी अलराउन्डर अन्सारीको प्रतिबन्ध फुकुवा गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

क्यान इन्टेग्रिटी कमिटीको प्रतिवेदनका आधारमा क्यानले प्रतिबन्ध फुकुवा गरेसँगै आदिल अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

२०७९ साल पुस ९ गतेदेखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको नेपाल टी–२० क्रिकेट लिगका क्रममा स्पट फिक्सिङको आरोप लागेपछि क्यानले आदिललाई प्रतिबन्ध लगाएको थियो ।

तर २०८० चैतमा जिल्ला अदालत काठमाडौंले आदिल र राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित ५ जनालाई सफाइ दिएको थियो ।
 

ADV

सम्बन्धित खबर